१५ चैत्र २०८१, शनिबार
ताजा खबर

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा

नागरिक पोष्ट

शनिबार, २८ पुष २०८०

9725 views

9725 views

माओवादी केन्द्रको विधान सम्मेलन फागुनमा

काठमाडौं– नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ । पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । यसका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय मस्यौदा समिति समेत गठन गरेको थियो।
सो समितिले शुक्रबार मात्रै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विधानको मस्यौदा बुझाएको छ । त्यस्तै चार महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को समीक्षा र कार्यविभाजनको विषयमा समेत छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?