७ कार्तिक २०८१, बुधबार

ताजा खबर

टोखामा परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई ५० हजार रुपैयाँसहित सम्मान गर्ने

नागरिक पोष्ट

शनिबार, २८ पुष २०८०

8382 views

8382 views

टोखामा परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई  ५० हजार रुपैयाँसहित सम्मान गर्ने

काठमाडौँ । काठमाडौंको टोखामा ‘चाकु दिवस’ मनाइने भएको छ । नेवाः गुठी टोखाको आयोजनामा माघेसङ्क्रान्ति पर्वको अवसर पारेर आगामी माघ १ गते ‘चाकु दिवस तथा बृहत् सांस्कृतिक तथा सम्मान कार्यक्रम गर्न लागिएको हो । नेवाः गुठीले लामो समयदेखि टोखाको परम्परागत बाजालाई संरक्षण गर्दै आएको समूहलाई नगद  ५० हजार रुपैयाँसहित सम्मान समेत गर्ने भएको छ । यस्तै टोखाको मौलिक हस्तकलाको संरक्षण गर्ने दुई व्यक्तिलाई रु २५/२५ हजार नगदसहित सम्मान गर्न लागेको छ ।
यसैगरी टोखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरेर टोखाको साख जोगाएका खेलाडी, हास्यव्यङ्ग्य विद्या, मौलिक घर संरक्षणकर्ता र विभिन्न खलःलाई समेत सम्मान गर्न लागिएको अध्यक्ष नापितले बताए । नेवाः गुठीले टोखाको संस्कृति, सम्पदा, सङ्गीत, वाद्यवादन, शिक्षा तथा खेलकुदलगायत क्षेत्रमा योगदान दिएका व्यक्तिलाई सम्मान गर्नेछ ।
उक्त कार्यक्रममा टोखाको परम्परागत हस्तकलाको प्रदर्शनी, चाकुको प्रदर्शनी, विभिन्न बाजाको प्रदर्शनी गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?