९ कार्तिक २०८१, शुक्रबार

ताजा खबर

एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पवन कुमार गोयल

नागरिक पोष्ट

शुक्रबार, २७ पुष २०८०

9980 views

9980 views

एनएमबि बैंकको २८औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा पवन कुमार गोयल

काठमाडौँ– एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार बैंकका सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए । उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम बमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका बैंकले जनाएको छ  ।

यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका हुन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनीत गरी पठाएको सभालाई जानकारी गराइएको थियो  ।

निर्वाचित सञ्चालकहरूको बैठकले मनोज कुमार गोयललाई नयाँ कार्यकालको अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ । बैंकको २०८० आषाढ सम्ममा खुद नाफा ३ अर्ब २२ करोड रुपैयाँ, निक्षेप २१३।०४ अर्ब रुपैयाँ र कर्जा १९७।४७ अर्ब रुपैयाँ रहेको जनाएको छ ।

बैंकले हाल देश भरी २०१ शाखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?