६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

स्पेनिस सुपर कप : रियल मड्रिड फाइनलमा प्रवेश

नागरिक पोष्ट

बिहीबार, २६ पुष २०८०

5492 views

5492 views

स्पेनिस सुपर कप : रियल मड्रिड फाइनलमा प्रवेश

काठमाडौँ   । स्पेनिस सुपर कप फुटबलमा रियल मड्रिड फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा एट्लेटिको मड्रिडलाई ५–३ गोलले हराउँदै रियल फाइनलमा पुगेको हो ।

खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको खेलमा दुवै पक्षले दोस्रो हाफमा १–१ गोल थपेका थिए । योसँगै रियल र एट्लेटिकोले निर्धारित समयमा ३–३ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा गएको थियो ।


रियलका लागि एन्टोनिओ रुडिगर, फेर्लान्ड मेन्डी, डानी कार्भाजाल र ब्राहिम डिआजले गोल गरेका थिए । एक गोल एट्लेटिकोका स्टेफन सभिकले गरेका आत्माघातिबाट प्राप्त भएको थियो ।

यस्तै, एट्लेटिकोका लागि मारिओ हेर्मोसो र एन्टोनिइ ग्रिजम्यानले एक–एक गोल गरेका थिए । एक गोल भने रियालका एन्टोनिओले गरेको आत्मघातीबाट प्राप्त भएको थियो ।


अब रियालले आज हुने बार्सिलोना र ओसासुनाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । उपाधि भिडन्त आगामी आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?