७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सातै प्रदेशका प्रहरी प्रमुखहरु फेरिए

नागरिक पोष्ट

बुधबार, २५ पुष २०८०

6733 views

6733 views

सातै प्रदेशका प्रहरी प्रमुखहरु फेरिए

काठमाडौँ । गृह मन्त्रालयले १६ जना डीआईजीहरुको सरुवा गरेको छ । ७ वटै प्रदेशका डीआईजी परिवर्तन भएका छन् ।कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ विनोद पोखरेल, बागमती प्रदेशमा विष्णु कुमार केसी र गण्डकीमा विकाश राज खनाललाई सरुवा गरिएको छ । कुवेर कडायतलाई लुम्बिनी, लालमणी आचार्यलाई कर्णाली र रवीन्द्र केसीलाई सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

 डीआईजीहरु सुरेन्द्र मैनाली नेपाल प्रहरी शिक्षालय भरतपुर, बुद्धिराज गुरुङ अख्तियार, किरण राणा सीआईबी र राजेश बास्तोला प्रहरी प्रधान कार्यालय स्थित अन्वेषण योजना तथा विकाश निर्देशनालयमा सरुवा भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?