७ कार्तिक २०८१, बुधबार

ताजा खबर

नेपाली कांग्रेसले आज चियापान तथा शुभकामना आदानप्रदान गर्दै

नागरिक पोष्ट

शनिबार, ११ कार्तिक २०८०

3818 views

3818 views

काठमाडौँ  । नेपाली कांग्रेसले आज चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ ।

कांग्रेस पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विजयादशमी, तिहार, नेपाल सम्वत, छठ लगायत पर्वहरूको अवसरमा आज दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम राखिएको जानकारी दिए ।

चियापान समारोहमा प्रधानमन्त्री, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका नेताहरू, सुरक्षा निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रमुखहरू, पत्रकार, कलाकार, उद्योगपतिलगायतलाई निमन्त्रणा गरिएको छ ।

२०३३ सालमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्ने परम्परा रहँदै आएको छ ।

चियापान कार्यक्रमलाई बिपीको निधनपछि त्यसपछिका पार्टी सभापतिहरुले निरन्तरता दिँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?