७ कार्तिक २०८१, बुधबार

ताजा खबर

ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट

नागरिक पोष्ट

सोमबार, २९ आश्विन २०८०

4142 views

4142 views

काठमाडौं । ग्लोबल आईएमई बैंकले दशैँको अवसरमा ‘ग्लोबल आईएमई बैंकको साथमा दशैं रमाईलो’ भन्ने नारा सहित विभिन्न डिजिटल कारोबारहरुमा छुट तथा क्यासब्याक योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकले आफैलाई आवश्यक सामान खरिद गर्दा बैंकको कार्ड प्रयोग गरी पीओएस मेसिनबाट भुक्तानी गर्दा ३ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्मको नगद फिर्ता हुनेछ ।

यस नगद फिर्ता योजना मार्फत बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले योजना अवधिभर कम्तीमा १ हजार रुपैयाँको ३ वटा कारोबार गरेमा ३ सय रुपैयाँ तथा ५ वा सोभन्दा बढी पटक कार्डको प्रयोग गरी भुक्तानी गरेमा ५ सय रुपैयाँको नगद फिर्ताबाट लाभान्वित हुनेछन् ।

यो योजना आज घटस्थापनाको दिनदेखि कात्तिक ७ गते अर्थात् वडा दशैँ (दशमी) को दिनसम्म बेलुका ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने बैंकले जनाएकाे छ ।

साथै, बैंकले आफ्नो मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गरी छुट योजना पनि सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बैंकका मोबाईल बैंकिङ प्रयोगकर्ताहरुले आफूलाई आवश्यक समानहरु खरिद गर्दा क्यूआर कोड स्क्यान मार्फत भुक्तानी गर्दा ‘DASHAIN’ प्रोमो कोड प्रयोग गरी आफ्नो खरिद मूल्यमा तुरुन्तै १० प्रतिशत वा अधिकतम ३ सय रुपैयाँसम्मको नगद छुट पाउनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?