७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एन आई सी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा सम्पन्न

नागरिक पोष्ट

सोमबार, २९ आश्विन २०८०

4603 views

4603 views

काठमाडौं । लाखौं ग्राहक महानुभावहरूमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई सी एशिया बैंक लिमिटेडको २६ औं वार्षिक साधारण सभा आज मिति २०८०र०६र२८ गते आइतबारका दिन काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७९र८० कोमुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर ९रू। ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६० र कर प्रयोजनार्थ १।५२६३ प्रतिशत नगद लाभांश ९रू। १७ करोड ६५ लाख ३ हजार २ सय ४०० समेत गरी कुल ३०।५२६३ प्रतिशत लाभांश ९रू। ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६० वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकको २६ औं वार्षिक साधारण सभाले २९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात्बैंकको कुल चुक्ता पूँजी रू। १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९ सय २२ पुगेको छ । साथै, सभाले आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?