७ कार्तिक २०८१, बुधबार

ताजा खबर

यूनिक सेवा गार्मेन्टले दियो  बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई  ३ महिने सीप मूलक तालिम

नागरिक पोष्ट

आईतवार, २८ आश्विन २०८०

4395 views

4395 views

 शर्मिला विश्वकर्मा, काठमाडौँ ।

मानिसको जीवन यापनको मुख्य आधार भनेको नै रोजगार हो । तर अन्य नागरिकहरूको तुलनामा भने अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता भएकै कारण रोजगारीबाट वञ्चित हुन परेका धेरै उदाहरणहरू पाइन्छन् । तर अवसर पाएको खण्डमा अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गता नभएका व्यक्तिहरूलाई पनि रोजगार प्रदान गरी उनीहरूको जीवन यापन सहज बनाउन सक्दछन् भन्ने उदाहरण प्रस्तुत गर्नु भएको छ शारीरिक अपाङ्गता भएकी महिला गङ्गा छन्त्यालले ।

उहाँले काठमाडौँको तार्केश्वर नगरपालिकामा १० मा यूनिक सेवा गार्मेन्ट सञ्चालन गरी १२ जना अपाङ्गता नभएका व्यक्तिहरूलाई रोजगार प्रदान गरी सक्नु भएको छ । अन्य नागरिकहरूको तुलनामा अपाङ्गता भएका व्यक्तिहरूले रोजगारीमा सहभागी हुन नपाएको महसुस गर्दै पहिलो चरणमा बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई तालिम प्रदान गरी यही नै रोजगारी प्रदान गर्ने उद्देश्यले यूनिक सेवा गार्मेन्टले फाउण्ड परियोजनाको सहकार्यमा  गत असार २४ गते देखि हिजो असोज २७ गते ३ महिना सम्म तार्केश्वर नगरपालिकामा १० मा २ जना पुरुष र ६ जना महिला गरी ८ जना बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई सो तालिम प्रदान गरिएको छ ।   आज यो ३ महिने तालिमको समापनका क्रममा प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र वितरणका क्रममा यूनिक सेवा गार्मेन्टकी सञ्चालक गङ्गा छन्त्यालले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि उनीहरूको सीप र क्षमताको कदर गर्दै रोजगारीको अवसर प्रदान गर्नु पर्ने र पहिलो चरणमा बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई तालिम दिएर काम गर्ने अवसर प्रदान गर्ने कार्यको सुरुवात गर्ने र आगामी दिनमा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सीप तथा रोजगारीको अवसर प्रदान गरिने बताउनु भयो ।   यस तालिमको समापनका क्रममा बङ्गलादेशबाट आउनु भएका प्रशिक्षक बाबु सेकले नेपालका यी ८ जना बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई ३ महिना सम्म यो तालिम प्रदान गर्ने क्रममा सञ्चारमा केही चुनौती भए पनि उनीहरूले मन लगाएर यो तालिममा सिकाइएको सीप राम्रोसँग सिके बताउनु भयो ।   त्यसै गरी अर्का प्रशिक्षक सेते तामाङले बहिरा अपाङ्गता भएका व्यक्तिहरूले यो तालिम मन लगाएर सिकेको भन्दै आगामी दिनमा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि यस्ता कार्यमा सहभागी गराएर उनीहरूको आय- आर्जनमा सहयोग गर्न सकिने बताउनु भयो ।    सो ३ महिने तालिम गत असार २४ गते देखि हिजो असोज २७ गते  सम्म तार्केश्वर नगरपालिकामा १० मा २ जना पुरुष र ६ जना महिला गरी ८ जना बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई सो तालिम प्रदान गरिएको  थियो ।  सो तालिममा तयारी पोसाक  उत्पादन, ज्याकेट, झोला, टिसर्ट लगायतका फेन्सी कपडाहरू बनाउन सिकाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?