७ कार्तिक २०८१, बुधबार

ताजा खबर

एनआरएनए  उपाध्यक्षका प्रत्यासी  गणेश केसीलाई नेपालमा भव्य स्वागत

नागरिक पोष्ट

शनिबार, २७ आश्विन २०८०

4833 views

4833 views

काठमाडौं ।  गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय अधिवेशन नजिकिँदै जाँदा काठमाडौंको  माहोल तातिएको छ ।

एनआरएनएको  अधिवेशन आउन अब मात्रै केही दिन  बाँकी रहँदा  उपाध्यक्षका  उम्मेदवार  मध्येका एक गणेश केसी दुई साताको देशको दौडाहामा  आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित  प्रतिनिधिहरुसंग चुनावी प्रचारप्रसार भ्रमण पछि शुक्रबार  काठमाडौँ आइपुगेका छन । 

विदेशमा अदक्ष नेपाली होइन, दक्ष नेपाली भन्ने नारा नै वोकेर  आसन्न गैरआवासिय नेपाली संघको निर्वाचनमा होम्मिएका   केसी  काठमाडौँ आइपुग्दा एनआरएनए अभियन्ता र समर्थकहरुले एयरपोर्टमा भव्य स्वागत गरेका छन ।

एयरपोर्टमा  सञ्चारकर्मीसँग कुरा गर्दै केसीले  आफू एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने  प्रतिबद्धता जनाए ।

विदेशमा विभिन्न कारणले विपतमा परेका नेपालीहरुलाई सक्दो सहयोग गर्ने र गराउने तथा उनीहरुको लागि उचित व्यवस्था गर्न र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्दैआएको छु। रोजगारीको सिलसिलामा कहीँकतै कुनै मुलुकमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरेर नेपालसम्म लाने व्यवस्था गर्ने कार्य गर्दैआएको छु। त्यस्तै, विदेशमा बेपत्ता भएका नेपालीहरुको खोजी गरेर उनीहरुको उद्धार गर्ने कार्यलाई पनि निरन्तरता दिने कार्य गर्नेछु। देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगायतका धेरै कार्य योजनाहरु मेरो छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?