७ कार्तिक २०८१, बुधबार

ताजा खबर

साइवर सुरक्षा चेतनामुलक कार्यक्रम नेपाल राष्ट्रिय माद्ययमिक विद्यालयका कक्षा १२ का विद्याथहिरुलाई प्रदान, साथै बिद्याार्थीहरुलाई सीम कार्ड निःशुल्क बितरण

नागरिक पोष्ट

शनिबार, २७ आश्विन २०८०

4031 views

4031 views

काठमाण्डौँ  । नेपाल टेलिकमको सहकार्यमा डीजिटल आईसिटी मिडिया प्रा लीले एक दिने साइवर सुरक्षा चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नेपाल राष्ट्रिय माद्ययमिक विद्यालय नेपालटारमा मिति २०८० साल असोज २६ गते शुक्रबार भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणका सञ्चालक सदस्य गोकर्ण सिटौलाको प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा २०० भन्दा बढी बिद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा नेपाल टेलिकमले २०० जना बिद्याार्थीहरुलाई नेपाल टेलिकमको रु २०० बराबर ब्यालेन्सको सीम कार्ड निःशुल्क बितरण गरेको छ । 

साइवर सुरक्षाको आधारभुत ज्ञान हामीमा हुनुपर्दछ र सार्वजनिक रुपमा वाइफाई इन्टरनेटमा आफ्ना व्यक्तिगत गोपनियताका कुराहरु शेयर गर्न नहुने बताउँदै, राम्रो साइवर अभ्यास हामीले सिक्नुपर्नेमा प्रमुख अतिथि सिटौलाले जोड दिनुभएको थियो । त्यति मात्र नभएर यस्ता सचेतनामुलक कार्यक्रमको लागी नेपाल दूरसञ्चार प्राधिकरणले सहयोग गर्नु पर्ने मा पनि जोड दिनुभयो । पासवर्ड शेयर गर्न हुदैन, फेसबुकमा जे पायो त्यही कुराहरु पोष्ट गर्न नहुने बनाउदै बढ्दो समाजिक सञ्जालमा आएका घटना चेनताको कमीले गर्दानै भएको बताउदै सचेतना कार्यक्रम सबै मोबाईल कर्ताहरुलाई आवश्यक पर्ने उहाँले बताउनुभयो । चेतनमुलक उक्त कार्यक्रममा साईबर व्युरो बाट सावित्रा कार्की र अच्युत ओझाले साइवर अपराध र सुरक्षा बारेमा विशेष जानकारी बिद्यार्थीहरुलाई प्रदान गर्नुभएको थियो । 

 

प्रशिक्षक अच्युत ओझाले साईबर सुरक्षा र साईबर अपराध के हो भन्ने विषयमा बिद्याार्थीहरुलाई  भिजुवल मार्फत सरल र सभ्य भाषामा जानकारी गराउनु  भएको थियो । आफुसँग भएका मोबाईल तथा ल्यापटपलार्य ईन्टरनेटमा कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा पनि उहाँले विद्यार्थीहरुलाई जानकारी गराउनु भयो ।त्यति मात्र होईन उहाँले नेपाल टेलीकमको सेवा तथा सुविधाहरको बारेमा उपस्थित विद्यार्थी लगायतका व्यक्तिहरुलाई सरल तरिकाले जानकारी गराउनुभएको थियो । त्यस्तै गरी प्रशिक्षक सावित्रा कार्कीले साईबर अपराध र सोसल मिडियाको बारेमा जानकारी गराउदै कसरी साईबर अपराध गर्छन् भन्ने कुराको जानकारी दिनुभएको थियो । 

 

नेपाल राष्ट्रिय माद्ययमिक विद्यालयका प्रमुख निर्मला शाक्यले साईबर सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम आजको आवश्यकता भएको बताउदै विभिन्न ठाउँ,समय मा भएका घटनाहरलाई उदाहरणको रुपमा भन्दै यस्तो कार्यक्रम आयोजना गरेको मा आयोजक टिमलाई धन्यवाद दिनु भयो । उपस्थीत विद्यार्थीहरुले  यस किसिमका साईबर सुरक्षा कार्यक्रम अहिलेको आवश्यक भएकोले आगामी दिनमा हप्तामा एक दिनको कक्षा को रुपमा साइव्र सुरक्षा चेतनामुलक कार्यक्रम सञ्चालनको लागि आयोजक संस्था र सरोकारवाला व्यक्तिहरुलाई सुझाव दिएका छन् । 

कार्यक्रममा समाजसेवी राजेश्वरी श्रेष्ठ,यादब कोईराला, नेपाल टेलिकम गोगबु शाखाका कर्मचारीहरु,नेपाल टेलीकम भद्रकालीबाट केशव भट्टराई, गणेश सर, तारकेश्वर नगरपालिका वडा नं। ११ का वडा अध्यक्ष कविराज बस्नेत,क्याम्पसका प्राध्यापकहरु, विद्यालय व्यवस्थापन समितीका सदस्य परोपकार अधिकारी,लक्षुमन बस्नेत,विद्यार्थी संगठनका पदाधिकारीहरु,पत्रकारहरु लगायतको उल्लेखनीय सहभागीता रहेको थियो । सो कार्यक्रमको सञ्चालक पत्रकार तथा समाजसेवी सावित्री बस्नेत सबु ले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?