११ फाल्गुन २०८१, आईतवार
ताजा खबर

नेपालको राजनैतिक तह एनआरएनएनएको आसन्न अधिबेसनले तरंगित बन्दै। ठुला भनिएका नेताहरुको भित्रि रुपमा चासो

नागरिक पोष्ट

शुक्रबार, २६ आश्विन २०८०

8083 views

8083 views

सुबास जी सी काठमाण्डौ - नेपालको राजनैतिक तहसम्म  तरंगित बनाउने निर्वाचन हो एनआरएनएनए को  निर्वाचन, त्यसैले ठुला राजनीतिकदलका ठुलै मान्छेहरु मोबाइलमा रिङ्ग टोन लगाउनमा र  आसेपासेहरु भित्र भित्रै कानेखुसी गर्न थालिसकेका छन्।   कागलाई बेलापाक्यो भने झैँ नेपालि जनतालाई यो अधिवेशन बालै  फरार  यो अधिवेशन तर बुझनेलाइ श्रीखण्ड हो।  त्यसैले प्रमुख राजनितिक दलका प्रमुख प्रमुख नेताहरुले सम्म फोन तथा म्यासेज मार्फत भित्रि रुपमा अग्रिम बधाई दिन सुरु गरिसकेको पाइन्छ।  काठमाडौमा सम्पन्न हुन गैरहेको  अधिवेशन एनआरएनएनए को अमेरिका,अस्ट्रेलिया, जापान, बेलायत, पपुवान्युगिनी, न्युजिल्यान्ड, लगायत ३६ राष्ट्रको २०२५ सम्म  कार्यकाल  रहने गरि अन्तरास्ट्रिय समन्वय परिषदको चयन गर्नेछ ।  

                     “म अध्यात्ममा बिष्वास गर्ने व्यक्ती हुँ, त्यसो तब म आफ्नो कर्म छोडदिन कर्म र धर्मले,  डोहोर्याएको बाटो नै म हिडने छु भन्दै NRNA NCC पपुवान्युगिनीको एक कार्यकाल युवा संयोजक बनेर काम गरेका युबा हिमाल यतिखेर यहि निर्बाचनमा होमिएका छन्। गुल्मीको चन्द्रकोट गाउँपालिका जस्तो ग्रामिण भेगमा जन्मिएका हिमाल   बुवा स्वर्गीय चिन्तामणी गौतम र माता दिल कुमारी गौतमको कोखबाट जन्मिएका हुन्। देशमा बढदो बेरोजगारी, मौलाएको भ्रस्टाचार र पारिवारिक अबस्थाका अकारण सुनौलो सपना बोकर उनी सन २००७ मा बैदेशिक रोजगारिका निम्ति कतार उडेका थिय । परिवारको जिम्मेवारी काधमा बोकेर परदेशी बनेका हिमाल कहिले कतार कहिले दुवै गर्दै हाल २०१५ देखि पपुवान्युगिनी लाई कर्मथलो बनाईरहेका छन ।  ठूलो मन  हुने मान्छेलाई पहाडले पनि छेक्दैन भन्छन  त्यहीँ फराकिलो हृदय भएका कर्मठ युवा हिमाल गौतम यतिखेर आसन्न एनआरएनएनए अधिवेशन मार्फत क्षेत्रीय उप संयोजकमा उम्मेदवारी दिएका छन्। यहीँ अक्टोबर १७ देखि २० सम्म काठमाडौमा सम्पन्न हुन लागेको एन आर एन ए अन्तरास्ट्रिय समन्वय परिषदको अधिवेशनमा उनी रिजनल उपसंयोजक पदमा भिड्न लागेका छन । 

पछिल्लो समय सामाजिक कर्ममा कृयाशिल उनी स्वदेश तथा बिदेशमा  रहेका नेपालीहरुको सुख  दुखमा  समेत हातेमालो गर्दै आइरहेका छन्। नेपालमा विनासकारी भूकम्पको समय र कोभिडकालमा समेत समाजमा अपुर्याएको योगदानको सम्झना गर्दै  साथि असोक गौतम बताउछन  हिमाल नाम मात्र हिमाल हैन साचिकै हिमालको मन   जस्तो निर्मल र कन्चन छ।  हामीले संयुक्त रूपमा मातृभूमिको लागि आफु सक्ने राहत वितरण गरेका थियौ जुन सम आफ्नो परिवारमा पनि अवस्था नाजुक थियो त्यसैले यस्तो दयालु मानिस हिमाल बिजयी हुने कुरामा कुनै संका छैन। 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?