७ कार्तिक २०८१, बुधबार

ताजा खबर

चीनको राजधानी बेइजिङमा आयोजित अन्तरराष्ट्रिय गोष्ठीमा नेपालीको सहभागिता

नागरिक पोष्ट

शुक्रबार, २६ आश्विन २०८०

4156 views

4156 views

असोज । चाइना एडको आयोजना तथा जायोताङ युनिभर्सिटिको सहयोगमा चीनको राजधानी शहर बेइजिङमा विभिन्न तालीम तथा गोष्ठी आयोजना भइरहेको छ । बिकाससिल तथा बिकासोन्मुख विभिन्न मुलुकका प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालबाट चार जना सहभागी छन् । चीनले मेट्रो तथा मोनोरेल, स्मार्ट सिटी लगायत पूर्वाधार विकासमा हासिल गरेको उच्चतम उपलब्धि, डिजिटल अर्थतन्त्र, आर्टिफिसियल इन्टेलिजेन्स, अत्याधुनिक सूचनाप्रविधि, नवप्रवर्तन लगायतका विषयमा सहभागीहरुलाई अभिमुखीकरण गरिएको छ । साथै चीनको विश्वव्यापी विकास अवधारणा बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० परियोजनाका विविध विषयमा समेत जानकारीमूलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । अक्टोबर ११ देखि शुरू भएको उक्त कार्यक्रम २१ दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?