६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

चुनावी एजेन्डा सहित एनआरएनए उपाध्यक्षका प्रत्याशी केसी बेलायतमा

नागरिक पोष्ट

शनिबार, २० आश्विन २०८०

3600 views

3600 views

लन्डन । एनआरएनए उपाध्यक्षका प्रत्याशी गणेश केसी हङकङ र दक्षिण कोरिया भ्रमणपछि एनआरएनए प्रतिनिधिहरुसंग आफ्नो उम्मेदवारी र चुनावी एजेन्डा सहित चुनावी प्रचारप्रसारमा शुक्रबार बेलायत पुगेका छन।

एनआरएनए अभियानमा सक्रिय भूमिका खेलेका अग्रज युकेमा रहने अभियन्तासँग आफ्नो पक्षमा समर्थन जुटाउन र आफुलाई उपाध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन केसी लन्डन क्षेत्रको भ्रमणमा निस्केका हुन। केसीले आफूलाई मतदान गरी उपाध्यक्ष पदमा जिताउन सबैसँग अपिल गरेका छन् ।

केसीलाई लण्डनमा एनआरएनए युकेका अध्यक्ष हितकाजी गुरुङ, सह(कोषाध्यक्ष हेम कुमार गुरुङ, एनआरएनए पूर्व सल्लाहकार विश्वआदर्श पन्डित लगायतका व्यक्तिहरुले स्वागत गरेका थिए । बेलायत रहुन्जेल केसी एनआरएनए प्रतिनिधिहरुसंग भेटघाट तथा छलफल सहित चुनावी प्रचारप्रसारमा खटिने छन् ।

एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसी उपमहासचिव रहनु भएका केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय हुनुहुन्छ ।

केसीले सन् २०११र०१३ मा एनआरएनए अष्ट्रेलियाको नेतृत्व समाल्नु भएको थियो । तत्कालीन अवस्थामा एनआरएनए भवन निर्माणमा ओसिनिया क्षेत्रको संयोजक भएर भवन निर्माणका लागि २ करोड संकलन गर्न केसी सफल हुनु भएको थियो । त्यती मात्र नभई अष्ट्रेलियामा अती नै लोकिप्रय मानीएको सामाजीक कल्याणकारी कोषमा १ करोड ६३ लाख संकलन गर्न सफल हुनु भएको थियो ।

एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने केसीको प्रमुख एजेन्डा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?