६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

सरदकालीन याममा ४३६ विदेशी पर्यटकलाई हिमाल आरोहणको अनुमति, ४ करोड १० लाख रोयल्टी संकलन

नागरिक पोष्ट

बिहीबार, १८ आश्विन २०८०

4382 views

4382 views

काठमाडौं । सरदकालीन याममा २६ हिमाल तथा पिक अरोहणका लागि गत शुक्रवारसम्ममा ४ सय ३६ जना विदेशी आरोही अनुमति लिएका छन्, जसमा ९४ महिला र ३४२ जना पुरुष पर्यटक रहेका छन् ।

नेपाली हिमाल अरोहण गर्न आउनेहरु विशेष गरी चीन, अमेरीका, रसिया, जापान, फ्रान्स, बेलायत, जर्मनी, भारत, स्पेन, स्विट्जरल्याण्ड, डेनमार्क, क्यानडा, इरान, पोल्याण्ड र अष्ट्रेलियाका रहेका छन् । सो अवधिमा चीनबाट सबैभन्दा बढी ६७ जना, अमेरिकाबाट ३६ जना र रसियाबाट ३६ जना आरोहीले आरोहणको अनुमति लिएका छन्, मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा बढी ३०१ जना छन् । यस्तै २३ जना पर्यटकले धौलागिरी, १४ जनाले हिम्लुङ हिमाल र १० जनाले आमादब्लम हिमाल आरोहणको अनुमति लिएका छन् ।

सो अवधिमा हिमाल तथा पिक आरोहणको अनुमति लिएकाहरुबाट ४ करोड १० लाख १४ हजार रोयल्टी उठेको छ । जसमा मनास्लु हिमाल चढ्नेहरुबाट सबैभन्दा बढी ३ करोड ४० लाख ३७ हजार रोयल्टी संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?