१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

७० हजार किलो चिनी प्रकरण :अनुसन्धान सुस्त, कालोबजारी गर्ने ब्यापारीलाई उन्मुक्ति दिने रणनीति

नागरिक पोष्ट

शनिबार, १३ आश्विन २०८०

8698 views

8698 views

काठमाडौं । काठमाडौंको कुलेश्वरस्थित गुन्जेश्वरी ट्रेल लिंक प्रालिको चिनी गोदामका चार वटा कोठामा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शिल गरेको ९ दिन भयो । बजारमा अभाव भएका बेला यो गोदाममा झण्डै ७० हजार किलो चिनी भेटिएको छ ।

बजारमा व्यवसायीले चिनीको कृत्रिम अभाव सिर्जना गरी मूल्य बृद्धि गरेको आशंका भैरहेको समयमा बरामद चिनी आवश्यक कानूनी प्रक्रिया पुरा गरि बजार पठाउनु पर्नेमा सरकारी निकाय अहिले पनि अनुसन्धान पुरा नभएको जवाफ दिँदै बसिरहेका छन् । बरामद चिनीका बिषयमा थप अध्ययन भैरहेको  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आनन्दराज पोखरेलले जानकारी दिनुभयो ।

कालोबजारी भए/नभएको एकिन गरि कारबाहीको दायरामा ल्याउनु पर्नेमा अहिलेसम्म ठोस प्रमाण नभेटिएको विभाग मात्र होइन जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खड्गबहादुर श्रेष्ठले बताउनुभयो । यी दुई निकायका अधिकारीको जवाफलाई मान्ने हो भने कालोबजारी गर्ने यी ब्यापारीले उन्मुक्ति पाउने अड्कलबाजी गर्न सकिन्छ । किन कि चिनीको अभाव र मुल्य वृद्धिले सर्वसाधारण मर्कामा पर्दा समेत सरकारी निकाली अनुसन्धानमा निकै सुस्त छ । यति मात्र होइन शिल गरेको स्थान समेत अझै सार्वजनिक गरेको छैन । निर्देशक पोखरेल दोषी ठहर नभइ सार्वजनिक नगर्ने परम्परा रहेकाले अझै सार्वजनिक नगर्ने बताउनु हुन्छ । यसले पनि सरकारी अनुसन्धानमा थप आशन्का जन्माएको छ ।

अहिले सरकारी संस्था खाद्य व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले प्रतिकिलो ९७ रुपैयाँमा चिनी बेचिरहेका छन् । तर बजारमा पहिलो त चिनी नै छैन दोस्रो मूल्य मनोमानी प्रतिकिलो १३० देखि १४० रुपैयाँसम्म लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?