१० फाल्गुन २०८१, शनिबार
ताजा खबर

पर्यटकीय नगरी जहरसिंपाैवामा अहिलेसम्मकै ठुलाे नगद राशिको फुटबल प्रतियोगिता हुँदै

नागरिक पोष्ट

शनिबार, १३ आश्विन २०८०

7077 views

7077 views

काठमाडौं । जहरसिंपौवा युवा क्लबको आयोजनामा वडा दसैँको अवसरमा जहरसिं पौवा खेल मैदानमा सर्वाधिक राशिको फुटबल प्रतियोगिता २०८० हुने भएको छ ।

शंखरापुर नगरपालिका वडा नं ३ जहरसिंहपौवामा आगामी असोज १९ गते देखी कार्तिक ३ गतेसम्म ‘जहरसिंपौवा नकआउट फुटबल प्रतियोगिता २०८०’ आयोजना गर्न लागेको हो ।खुल्ला नकआउट प्रतियोगितामा शंखरापुर नगरभित्र र बाहिरका गरी करिब २५ देखि ३० टिमको सहभागिता रहने क्लबका अध्यक्ष बासु वाइबाले जानकारी दिए । असोज ०२ गते देखी असोज १४ गतेसम्म टिम दर्ता समय तोकिएको बताउँदै टिम दर्ता गर्ने क्रम जारी रहेको उनले जानकारी दिए ।

क्लबले टिम दर्ता शुल्क १५ हजार तोकेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई २ लाख रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । दोस्रो हुने टिमले १ लाख नगद प्राप्त गर्नेछन् र तेस्रो हुने टिमले ५० हजार नगद एवं मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी अनुशासित खेलाडी, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई १० हजारका दरले नगद तथा प्रमाणपत्रका साथमा मेडल प्रदान गरिनेछ।

प्रतियोगितामा करिब २५ लाख अनुमानित खर्च हुने आयोजकले जनाएको छ। उक्त प्रतियोगितालाई सफल बनाउनका लागि नगरपालिका, वडा कार्यालय, स्थानीय टोल विकास संस्था, व्यवसायी र शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ ।

क्लबले स्थापनाकालको छोटो अवधिमा सामाजिक कार्यहरू स्वास्थ्य, सरसफाइ, बृक्षारोपण‚ शिक्षा र सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?