३ असार २०८१, आईतवार

ताजा खबर

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आजदेखि, २५ देशका विज्ञ सहभागी हुँदै

नागरिक पोष्ट

बुधबार, ९ जेष्ठ २०८१

2092 views

2092 views

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद आजदेखि, २५ देशका विज्ञ सहभागी हुँदै

काठमाडौं । जलवायु जोखिमको अवस्थालाई मध्यनजर गर्दै नेपालमा आजदेखि अन्तर्राष्ट्रिय संवाद हुने भएको छ ।

संवादको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


भोलिसम्म चल्ने ‘हिमाल, मानव र जलवायु परिवर्तन स् विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’ मा २५ देशका विशेषज्ञको सहभागिता रहने छ ।

संवादमा नेपाललगायत पर्वतीय र टापु देश, अन्तर्राष्ट्रिय समुदाय, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, निजी क्षेत्र, नागरिक समाजका प्रतिनिधि गरी दुई सयभन्दा बढीको सहभागिता रहने बताइएको छ ।


संवादका क्रममा तीनवटा प्रमुख विषयगत क्षेत्रमा आधारित रहेर दुईवटा प्रारम्भिक र सातवटा संवाद सञ्चालन गर्नेगरी तयारी गरिएको बताइएको छ ।

जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवादको उद्देश्य पर्वतीय पारिस्थितिकीय प्रणालीमा आधारित जलवायु उत्थानशील कार्यहरूलाई सुदृढ, समन्वय र प्राथमिकता दिने रहेको छ ।

संवादमा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक र प्राविधिक सल्लाहका लागि सहायक निकाय ९साब्टा०का अध्यक्ष, विश्व बैंक, एसियाली विकास बैंकलगायत निकायका प्रतिनिधि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका