१५ असार २०८१, शुक्रबार

ताजा खबर

बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दै अफगानिस्तान

नागरिक पोष्ट

मंगलवार, १२ असार २०८१

1412 views

1412 views

बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्दै अफगानिस्तान

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा अहिले अफगानिस्तानले बंगलादेशविरुद्ध ब्याटिङ गर्दैछ।

सुपर-८ को अन्तिम खेलमा टस जितेर अफगानिस्तानले ब्याटिङ रोजेको हो। सुपर-८ को समूह-१ बाट भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरिसेको छ।


अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले पराजित गर्दै भारत सेमिफाइनल पुगेको हो। यो समूहबाट सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो बंगलादेश र अफगानिस्तानको खेलमा भर पर्नेछ।

अस्ट्रेलियाले तीन खेल खेल्दा दुई अंक मात्र बनाएको छ भने दुई खेल खेलेको अफगानिस्तानको समान दुई अंक छ।


अंकबिहीन बंगलादेशसमेत सेमिफाइनल दौडबाट बाहिरिसकेको छैन। बंगलादेशले अफगानिस्तानविरुद्ध जित निकाले अस्ट्रेलिया, बंगलादेश र अफगानिस्तानको समान दुईदुई अंक बन्नेछ। तीन टिममध्ये रनरेटको आधारमा एउटा टिम सेमिफाइनल प्रवेश गर्नेछ। अफगानिस्तान विजयी भए स्वः सेमिफाइनल पुग्नेछ।

सुपर-८ को समूह- २ बाट भने दक्षिणा अफ्रिका र इंग्ल्यान्ड विश्वकपको सेमिफाइनल प्रवेश गरिसेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका