१७ असार २०८१, आईतवार

ताजा खबर

डिजिटल वितीय साक्षरता र साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

शुक्रबार, १५ असार २०८१

1616 views

1616 views

डिजिटल वितीय साक्षरता र साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । नागरिक सरोकार समाजले तारकेश्वर नगरपालिक वडा नं. १० मनमैजुमा नेपाल टेलिकम र एनआइसी एशिया बैंकको सहकार्यमा एक दिने डिजिटल वित्तीय साक्षरता र साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न गरेकोे छ ।

बिहीबार भएको कार्यक्रमको प्रमुखक अतिथि नेपाल राष्ट बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपाल हुनु हुन्थ्योे । उहाँले कार्यक्रममा मन्तब्य राख्दै कमाएर मात्रै नहुने बचत गरेर लगानी गर्न सिक्नु पर्ने धारणा राख्नु भएको थियो । साथै कर्जा लिएकाहरुले कर्जा र्तिदिन भन्नु र राज्य त्यसको नेतृत्व गरेर खुल्मखुला हिडिरहेकाहरुका विरुद्ध खरो रुपमा उत्रन नसक्दा अर्थतन्त्र र वैंक तथा वित्तीय क्षेत्र नै अप्ठेरोमा पर्न थालेको बताउनु भयो ।

 

अतिथिमा नेपाल राष्ट्र बैंकका पूर्व सञ्चालक रामजी रेग्मी र वडा नं. १० का जनप्रतिनिधीहरु रहनु भएको थियो । कार्यक्रममा एक सय साठी जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रशिक्षक अचुत कुमार ओझाले साइबर सुरक्षा, वशिष्ठ अधिकारीले वित्तीय साक्षरता र ग्राहक संरक्षण एवं गणेश पन्थले आधुनिक बैकको बारेमा प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रम संस्था क‍ा अध्यक्ष चन्द्रमणि अधिकारीको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव माधव तिमल्सीनाले गर्नु भएको थियो भने स्वागत मन्तव्य सचिव अचुत ओझाले राख्नु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई संस्थाले प्रमाणपत्र प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका