१९ असार २०८१, मंगलवार

ताजा खबर

महालेखापरीक्षकको कार्यालयको ६६औं वार्षिकोत्सव सम्पन्न, बढ्दो बेरुजुलाई गम्भिर रुपमा लिन सभामुखको आग्रह

नागरिक पोष्ट

आईतवार, १७ असार २०८१

1021 views

1021 views

महालेखापरीक्षकको कार्यालयको ६६औं वार्षिकोत्सव सम्पन्न, बढ्दो बेरुजुलाई गम्भिर रुपमा लिन सभामुखको आग्रह

काठमाडाैं । मुलुकका सार्वजनिक निकायहरूको लेखापरीक्षण गर्ने सर्वोच्च निकाय महालेखापरीक्षकको कार्यालयको ६६औं वार्षिकोत्सव सम्पन्न भएको छ । कार्यालयले शनिवार सरकारका उच्चपदस्थ पदाधिकारीहरूको उपस्थितिमा वार्षिकोत्सव विशेष समारोह सम्पन्न गरेको हाे ।

समारोहमा सभामुख देवराज घिमिरेले सरकारी बेरुजु बढ्दै जानु चिन्ताको विषय रहेको भन्दै यसलाई सार्वजनिक निकायका जिम्मेवार पदाधिकारीले गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।

बेरुजु हुनै नदिने र हालसम्म कायम बेरुजुको फर्छ्योटलाई तीव्रता दिन पर्याप्त जनशक्ति व्यवस्थापनसँगै सम्बन्धित निकायका प्रमुख तथा लेखा उत्तरदायी अधिकारीले जिम्मेवारी बोध गर्नुपर्ने उनको भनाइ छ ।

सभामुख घिमिरेले बेरुजु घटाउन महालेखापरीक्षक कार्यालयको प्रतिवेदनमार्फत दिइएका सुझाव कार्यान्वयन गरी आर्थिक अनुशासन पालना र जवाफदेहिता कायम गर्न आग्रह गरे ।

उनले संविधानले तोकेको जिम्मेवारी गम्भीरताका साथ पूरा महालेखापरीक्षकको कार्यालयलाई समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका