१९ असार २०८१, मंगलवार

ताजा खबर

इरानको राष्ट्रपति चुनावमा सुधारवादी उम्मेदवारको अग्रता

नागरिक पोष्ट

आईतवार, १७ असार २०८१

477 views

477 views

इरानको राष्ट्रपति चुनावमा सुधारवादी उम्मेदवारको अग्रता

काठमाडौं । इरानमा शुक्रबार भएको राष्ट्रपतीय निर्वाचनमा भएको मतदानपछि मतगणनाको रूझान आइरहेको छ जसमा अहिले सुधारवादी नेता भनिने मसुद पेजेस्कियानले अग्रता लिइरहेको देखिन्छ । पेजेस्कियानले अहिलेसम्म अग्रतामा रहेका सइद जलिलीलाई उछिनेका छन् भने उनीभन्दा मसुद पेजेस्कियान १० लाख मतले अगाडि छन् । शुक्रबार भएको मतदानमा कीर्तिमानी गिरावट देखिएको छ ।

 

संवाददाताहरूका अनुसार यसले इरानको सरकारी प्रणालीको वैधतामा गिरावट आएको संकेत गर्दछ। इरानको चुनावमा उम्मेदवार रहेका चारजना उम्मेदवारलाई अल्ट्रा-कन्जरभेटिभ गार्डियन काउन्सिलले चयन गरेको थियो। यो परिषद् सर्वोच्च नेता आयतोल्लाह अली खामेनी द्वारा तय गरिएको छ। ६९ वर्षीय मसुद पेजेस्कियान सुधारवादी भएकाले चुनाव लड्नु ठूलो निणर्य भएको बताइएको छ ।

उनी पूर्व मुटु शल्यचिकित्सक तथा स्वास्थ्यमन्त्री भइसकेका छन् । यसबाहेक उनले इरानमा महिलाको कडा ड्रेस कोडमा इरानको मोरालिटी पुलिसको कारबाहीलाई अनैतिक भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका