१२ आश्विन २०८१, शनिबार

ताजा खबर

‘रास्वपालाई सहकारी ठगीबाट सभापतिलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता छ’

नागरिक पोष्ट

मंगलवार, १२ असार २०८१

2789 views

2789 views

‘रास्वपालाई सहकारी ठगीबाट सभापतिलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सहकारी ठगीबाट सभापति रवि लामिछानेलाई कसरी जोगाउने भन्नेमात्रै चिन्ता रहेको टिप्पणी गरेका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा उनले सभापतिलाई सहकारी ठगीबाट जोगाउने चिन्तामा रहेको पार्टीले देश बनाउन नसक्ने टिप्पणी गरेका हुन् । 


‘एउटा दललाई चिन्ता छ, कसरी हुन्छ आफ्नो अध्यक्षलाई सहकारी ठगीबाट जोगाउने, कारबाहीबाट जोगाउने,’ महामन्त्री शर्माले भने, ‘एउटा दलको चिन्ता त्यतिमात्रै छ ।’

उनले नेकपा एमाले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टि–स्टेट प्रकरणबाट जोगाउन लागिपरेको पनि आरोप लगाए । 


प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको पनि उनले आरोप लगाए । प्रधानमन्त्री दाहालको ध्यान गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै रहेको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्नेकुरा बिर्सिनुभएको छ,’ शर्माले भने, ‘प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?