१२ आश्विन २०८१, शनिबार

ताजा खबर

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो

नागरिक पोष्ट

शनिबार, १२ आश्विन २०८१

664 views

664 views

कार्यालयमा बागमतीको बाढी पसेपछि एपीवान टिभीको प्रशारण रोकियो

काठमाडौं । एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रशारण अवरुद्ध भएको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ ।

कार्यालयका गाडी, कम्युटर, ब्याकअपलगायतका सामाग्रीसहित डुबानमा परेकाले प्रशारण बन्द भएको एपीवानले जनाएको छ । एपीवानको कार्यालयभित्रसम्म बाढी पसेको कारण विद्युत सेवा अवरुद्ध भएको थियो ।

एपीवान टेलिभिजनले भनेको छ- ‘बागमती नदीमा आएको बाढीका कारण एपीवान टिभीको प्रसारण अवरूद्व भएको छ । यसबाट हुन गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?