१५ असार २०८१, शुक्रबार

ताजा खबर

नागरिक लगानी कोषकाे २९औं वार्षिक साधारणसभा असार ३१ गते हुँदै, १४ प्रतिशत बोनस सेयर दिने

नागरिक पोष्ट

मंगलवार, १२ असार २०८१

545 views

545 views

नागरिक लगानी कोषकाे २९औं वार्षिक साधारणसभा असार ३१ गते हुँदै, १४ प्रतिशत बोनस सेयर दिने

काठमाडाैं । नागरिक लगानी कोषकाे २९औं वार्षिक साधारण सभा असार ३१ गते साेमबार हुने भएकाे छ । आइतबार बसेकाे कोष सञ्चालक समितिको बैठकले साधारण सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लवमा हुने तय गरेको हो।

कोषद्वारा सोमबार जारी सूचनामा सभामा आर्थिक वर्ष २०७९/८० को आम्दानीबाट १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरिने उल्लेख छ। सभामा सञ्चालक समिति अध्यक्षले पेस गर्ने आव २०७९/८० को वार्षिक प्रतिवेदन छलफलपछि पारित हुनेछ।

चालु आवको तेस्रो त्रैमाससम्म ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यसै अवधिमा गत वर्ष कोषको खुद नाफा ७७ करोड ७९ लाख रुपैयाँ थियो।

५ अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी रहेको कोषको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

धेरै हेरिएका