२७ फाल्गुन २०८१, मंगलवार
ताजा खबर

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको फोटो राखिएको विषयमा राप्रपा सचेतक शाहीको गम्भीर आरोप

नागरिक पोष्ट

सोमबार, २६ फाल्गुन २०८१

358 views

358 views

पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा योगी आदित्यनाथको फोटो राखिएको विषयमा राप्रपा सचेतक शाहीको गम्भीर आरोप

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर भएको कार्यक्रम विवादमा तानिएको छ। स्वागतका क्रममा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो समेत राखिएको विषयलाई लिएर राप्रपा नेपालका सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले गम्भीर आरोप लगाएका छन्।

शाहीका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा उनका प्रमुख सल्लाहकार विष्णु रिमालले आदित्यनाथको फोटो राख्न लगाएका हुन्। उनले सोमबार बिहान फेसबुकमा लेख्दै भने, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओली ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ।’

उनले नेपाली राष्ट्रिय झन्डासहित गरिएको स्वागत कार्यक्रममा असर पार्न योजनाबद्ध ढंगले यस्तो गरिएको आरोप लगाउँदै ‘यस्ता कुकर्म गर्न थालेछन् छि छि’ भन्दै आक्रोश पोखेका छन्। शाहीले सत्तारुढ दलका नेताहरूले विदेशी विचारधारालाई समर्थन गर्ने तर स्वदेशी राजसंस्थासँग जोडिएका विषयलाई बदनाम गर्न खोज्ने प्रवृत्ति दोहो–याइएको बताएका छन्। उनले “मार्क्स, लेनिन, माओ कुन देशका हुन्?” भन्दै सत्तारुढ दललाई प्रश्नसमेत गरेका छन्। विमानस्थल नजिक गरिएको स्वागत कार्यक्रममा योगी आदित्यनाथको फोटो प्रयोग भएपछि यसबारे चौतर्फी चर्चा भइरहेको छ।

राजनीतिक वृत्तमा आलोचना भइरहेको छ भने सामाजिक सञ्जालमा यस विषयमा विभाजित प्रतिक्रिया आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?