७ चैत्र २०८१, शुक्रबार
ताजा खबर

यी हुन् नेप्सेको सीईओ पदका लागि आवेदन दिने १० जना (सूचीसहित)

नागरिक पोष्ट

मंगलवार, २७ फाल्गुन २०८१

1140 views

1140 views

यी हुन् नेप्सेको सीईओ पदका लागि आवेदन दिने १० जना (सूचीसहित)

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिईओ) को रिक्त पदका लागि १० जनाले आवेदन पेश गरेका छन् । नेप्सेको सिईओ खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नका लागि गठित सिफारिस समितिमा १० जनाले आवेदन दिएका हुन ।

अर्थ मन्त्रालयका अनुसार नेपाल स्टक एक्सचवेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको पदको लागी पूर्ण प्रसाद आचार्य, इलाम, बद्रि प्रसाद प्याकुरेल, नुवाकोट, नारद कुमार लुइटेल, सर्लाही, युवराज दाहाल, झापा, प्रविण अधिकारी, काभ्रेपलाञ्चोकको आवेदन परेको छ ।

यस्तै, चुडामणी चापागाई, झापा, बिमल कुमार तिवारी, सिराहा, कृष्ण बहादुर कार्की, पाल्पा, हेमन्त बश्याल, पाल्पा, मुकन्द राज जोशी, डडेलधुराको आवेदन परेको छ ।

सिफारिश समितले गत फागुन १२ गते ७ दिनको म्याद आवेदन खुला गरेको थियो । उक्त मितीसम्म आवेदन नपरेपछि थप ७ दिन थपेर फागुन २५ गतेसम्म आवेदन गर्ने म्याद कायम गरिएको थियो । आवेदनसाथ गोप्य खामवन्दी व्यावसायिक कार्ययोजना समेत माग गरिएको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन भएको छ । जसमा सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यमा डा. खोमराज खरेल रहेका छन् ।

आवेदन दिनेहरु

१. पूर्ण प्रसाद आचार्य, इलाम

२. बद्रि प्रसाद प्याकुरेल, नुवाकोट

३. नारद कुमार लुइटेल, सर्लाही

४. युवराज दाहाल, झापा

५. प्रविण अधिकारी, काभ्रेपलाञ्चोक

६. चुडामणी चापागाई, झापा

७. बिमल कुमार तिवारी, सिराहा

८. कृष्ण बहादुर कार्की, पाल्पा

९. हेमन्त बश्याल, पाल्पा

१०. मुकन्द राज जोशी, डडेलधुरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?