२ माघ २०८१, बुधबार
ताजा खबर

पोखरामा जस्तै धरौटीको बैंक ग्यारेन्टी मिलेपछि रिहा भए रवि

नागरिक पोष्ट

बुधबार, २ माघ २०८१

562 views

562 views

पोखरामा जस्तै धरौटीको बैंक ग्यारेन्टी मिलेपछि रिहा भए रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।

रविसँग जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले मागेको ६० लाख रुपैयाँ धरौटीका लागि प्रभु बैंक ग्यारेन्टी बसेपछि लामिछाने बुधबार नै साँझ रिहा भएका हुन् । यदि धरौटी बुझाउन नसकेको या बैंक ग्यारेन्टी नभएको भए कम्तीमा एक दिनका लागि रवि जेल जानुपर्ने अवस्था हुन्थ्यो ।

रविले ६० लाख रुपैयाँ तिर्न नसकेको अवस्थामा आफूले तिरिदिने भन्दै प्रभु बैंक ग्यारेन्टी बसिदिएपछि रवि अदालत परिसरबाट खुसी हुँदै बाहिरिएका छन्।

काठमाडौं जिल्ला अदालत, रवि र प्रभु बैंकबीचको छलफलपछि यस्तो निर्णय भएको हो । अब बैंकले ग्यारेन्टीको रकम रविबाट लिनेछ ।

 

यसअघि जिल्ला अदालत कास्कीमा पनि उनले ६५ लाख धरौटी तिरेर गत बिहीबार रिहा भएका थिए । त्यसपछि उनी काठमाडौं जिल्ला अदालतमा चलेको मुद्दाका लागि आइतबार उपस्थित भएका थिए ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले धरौटीमा छोड्न आदेश गरेको केही घण्टामै रविले ६५ लाख बैंक ग्यारेण्टी देखाएका थिए । लामिछानेका तर्फबाट रमानन्द घिमिरेले जमानत दिएको प्रभु बैंकको पत्रमा पेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?