२ माघ २०८१, बुधबार
ताजा खबर

आर्थिक समृद्धिको लागि केही कानून संशोधन : गृहमन्त्री

नागरिक पोष्ट

शनिबार, २७ पुष २०८१

1259 views

1259 views

आर्थिक समृद्धिको लागि केही कानून संशोधन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेश मार्फत केही कानून संशोधन गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारको ध्यान मुलुकको आर्थिक विकास र समृद्धितर्फ रहेको भन्दै यसलाई सहज बनाउन सरकारले अध्यादेश मार्फत केही कानून संशोधन गरेको बताएका हुन् ।

उनले शासकीय सुधारसंग सम्बन्धित कानूनहरु,उद्योग व्यवसाय सहज सञ्चालन हुने कानूनहरु र सुशासनलाई प्रत्याभूत गर्ने कानूनहरू अघि बढाइएको जिकिर गरे । सरकारले बढि मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए ।

उनले मुलुकमा लगानीको वातावरण बनाउन गैर आवासीय नेपालीका निमित्त महत्वपूर्ण निर्णय गरेको समेत बताए । आइटिको क्षेत्रमा विदेशमा समेत सेवा निर्यात गर्न सक्ने व्यवस्था गरेको भन्दै उनले विदेशमा सेवा गरेर उद्योगलाई प्रोत्साहित हुने गरी कानुन निमार्णमा सरकार लागेको धारणा राखे ।

कानुन बन्ने तर कार्यान्वयन नहुने समस्यालाई सरकारले सचेतता पूर्वक निर्णय गरेको उनले बताए । त्यस्तै उनले सरकारले निजी क्षेत्रसँग सरकार्य गर्न सधैँ तयार रहेको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?