१७ माघ २०८१, बिहीबार
ताजा खबर

रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने

नागरिक पोष्ट

शुक्रबार, २६ पुष २०८१

1072 views

1072 views

रवि आइतबार मात्रै काठमाडौं अदालतमा उपस्थित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार मात्र काठमाडौं अदालतमा उपस्थित हुने भएका छन् ।

आज सडक मार्गबाट उनी काठमाडौं आइरहेकाले ढिलो भएका कारण आइतबार पहिलो अफिस टाइममा अदालत उपस्थित हुने उनको सचिवालयले जनाएको छ ।

‘सडक मार्गबाट काठमाडौं आउँदा जाम र अन्य कारणले उपस्थित हुन सकिएन ।’ रविको सचिवालयले भन्यो, ‘समयमै हवाई टिकट पाइएन । गाडीमा आउँदा ढिलो भयो ।’

लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?