८ माघ २०८१, मंगलवार
ताजा खबर

राजदूत ओलीले चीनमा बुझाए ओहदाको प्रमाणपत्र

नागरिक पोष्ट

बिहीबार, २७ मंसिर २०८१

2228 views

2228 views

राजदूत ओलीले चीनमा बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं । नवनियुक्त नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले चीन सरकारका उच्च अधिकारीलाई ओहदाको प्रमाणपत्र बुझाएका छन्‌ ।

चीनको विदेश मन्त्रालय अन्तर्गत शिष्टाचार विभागका उपमहानिर्देशक ली जिनजिनलाई उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन्‌ । नेपाली राजदूतहरूले यसअघि पनि चीनको सोही विभागका उपमहानिर्देशकलाई ओहदाको प्रमाणपत्र बुझाउने गरेका थिए ।

विभागका उपमहानिर्देशक जिनले चीनका लागि नेपालका राजदूतका रुपमा ओलीलाई स्वागत गरे । साथै; सफल कार्यकाल निम्ति शुभकामना पनि दिए ।

राजदूत ओलीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्दै नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारको सिफारिसमा ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले गएको कात्तिक २५ गते चीनका लागि नेपाली राजदूत नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?