१९ मंसिर २०८१, बुधबार
ताजा खबर

जिल्ला समन्वय समिति कास्कीको लिजा र फ्रा बारे अनुशिक्षण

नागरिक पोष्ट

सोमबार, १७ मंसिर २०८१

919 views

919 views

जिल्ला समन्वय समिति कास्कीको लिजा र फ्रा बारे अनुशिक्षण

\पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन ( LIZA) र बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) बारे स्थानिय तहरूको अनुशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नुभएको थियो।

पौडेलले स्वमूल्याकंन र बित्तीय जोखिम मुल्यांकन पालिकाहरूको क्षमता मापनको महत्त्वपूर्ण औजार भएको हुदा उत्कृष्ट नतिजाका लागि सबै प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो । प्रमुख पौडेलले अनुशिक्षण मार्फत सबै पालिका हरू निरन्तर कार्यक्षमता बढाउन लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डे ले स्थानीय तह संस्थागत क्षमता स्व: मुल्यांकन ( LISA) र बित्तिय सुशासन जोखिम मुल्यांकन (FRA) बारेमा सहजीकरण गर्नुभएको थियो। अनुशिक्षण कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख , र कार्यकारी अधिकृतहरू र बिषयगत क्षेत्र हेर्ने फोकल पर्सन कर्मचारीहरूको सहभागीता रहेको थियो।

कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला समन्वय समिति कास्कीका सदस्य सितादेबी बिश्वकर्माले र संचालन जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?