१२ मंसिर २०८१, बुधबार
ताजा खबर

अप्टिमिष्ट ईन्टरनेशनलको छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न

नागरिक पोष्ट

बुधबार, १२ मंसिर २०८१

409 views

409 views

अप्टिमिष्ट ईन्टरनेशनलको छात्रवृत्ति पुरस्कार वितरण कार्यक्रम सम्पन्न

काठमाण्डौ  ।  अप्टिमिष्ट ईन्टरनेशनल नेपालद्धारा काठमाण्डौमा आयोजित एक कार्यक्रममा एम्बिसन एकेडेमी काठमाण्डौका श्रीजोनी बानियाँ र ग्रेट अरनिको ईङलिस सेकेण्डरी स्कूल दाङका प्रिन्सा गिरी अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठ्ठा राम अधिकारीको प्रमुख आतिथ्यमा आयोजित छात्रवृति पुरस्कार वितरण कार्यक्रममा उनीहरु पुरस्कृत भएका हुन् ।

अप्टिमिष्ट ईन्टरनेशनलद्धारा हरेक वर्ष आयोजना हुने अन्तराष्ट्रिय वादविवाद प्रतियोगिता र निबन्ध प्रतियोगितामा सन् २०२२÷२३ मा नेपाल डिष्ट्रिक्ट अप्टिमिष्ट ईन्टरनेशनलको तर्फबाट विभिन्न स्कूलका भाईबहिनीहरुले प्रतियोगितामा सहभागीता जनाएका थिए । जसमध्ये श्रीजोनी बानियाँ वादविवाद प्रतियोगितामा तेश्रो र प्रिन्सा गिरी दोश्रो हुन सफल भएकी छिन् । उनीहरुले क्रमश १००० अमेरिकन डलर र १५०० अमेरिकन डलर पुरस्कार हासिल गरेकी हुन् ।

कार्यक्रमको बारेमा जानकारी सहितको स्वागत मन्तव्य कार्यक्रमका सभापति अप्टिमिष्ट लिडर पारसमणि दाहालले गर्नु भएको थियो । अप्टिमिष्ट लिडरहरु केशव काफ्ले, राधा बोहोराले पुरस्कृत छात्रारुलाई बधाई तथा शुभकामना दिदै उपस्थित भाइ बहिनीहरुलाई पनि यस किसिमको प्रतियोगितामा भाग लिन प्रेरित गरेका थिए । नेपाल डिष्ट्रिक्ट अप्टिमिष्ट ईन्टरनेशनल अफ नेपालका लागि २०२२÷२०२३ का गर्भनर पृथ्वी राज थापाले नेपाली भाईबहिनीहरुपनि यस प्रकारको अन्तराष्ट्रियस्तरका प्रतियोगितामा विजयी हुन सकेकोमा गर्व गर्दै आगामी दिनहरुमा यसरी नै अन्य भाइबहिनीहरुले सहभागिता हुनुपर्ने भन्दै सफलताको लागि कामना गर्नुभयो ।

पुरस्कृत छात्राहरुले पनि अन्तराष्ट्रिय पुरस्कार पाउन सफल भएको आफूहरु निकै खुशी भएको र अवसर प्रदान गरेकोमा अप्टिमिष्ट ईन्टरनेशनलका सबैलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन अप्टिमिष्ट लिडर रीना श्रेष्ठले गरेका थिए । कार्यक्रम बुढानीलकण्ठमा रहेको ब्रेनल्याण्ड एकेडेमीमा आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?