१० मंसिर २०८१, सोमबार
ताजा खबर

पर्यटन व्यवसायी वाग्लेको निधन

नागरिक पोष्ट

आईतवार, २५ कार्तिक २०८१

1106 views

1106 views

पर्यटन व्यवसायी वाग्लेको निधन

काठमाडौं ।  वरिष्ठ पर्यटन व्यवसायी देवेन्द्र वाग्लेको निधन भएको छ । तत्कालीन नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) नेपालका महासचिवसमेत रहेका ५५ वर्षीय वाग्लेको आज साँझ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको पर्यटन व्यवसायी पशुपति कँडेलले जानकारी दिए । अकस्मात कलेजोको समस्या देखिएपछि वाग्लेलाई कात्तिक १९ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो ।


नेपाली कांग्रेस गोरखाका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका वाग्लेले काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा होटल, ट्राभल, टुर्सलगायत व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

उनले जलविद्युत्, बीमा, बैङ्कलगायतमा समेत लगानी गरेका थिए । वाग्लेको सोमबार बिहान पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने उहाँको परिवारिक स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?