२८ कार्तिक २०८१, बुधबार

ताजा खबर

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

नागरिक पोष्ट

आईतवार, २५ कार्तिक २०८१

426 views

426 views

रविलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं  । सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको एकल इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई अनुमति दिएको हो ।

लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । उनीमाथि प्रहरीले ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्दैछ ।

रविका साझेदार पूर्वडी आईजीसमेत रहेका छविलाल जोशी पनि असोज ६ देखि कास्की प्रहरीको हिरासतमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?