१७ चैत्र २०८१, सोमबार
ताजा खबर

कानको विवादास्पद पेनाल्टी गोलसँगै सकियो आर्सनलको अपराजित यात्रा

नागरिक पोष्ट

बिहीबार, २२ कार्तिक २०८१

3894 views

3894 views

कानको विवादास्पद पेनाल्टी गोलसँगै सकियो आर्सनलको अपराजित यात्रा

काठमाडौं । यस सिजनको च्याम्पियन्स लिगमा आर्सनलको अपराजित यात्रा सकिएको छ। तीन खेलमा दुई जित र एक बराबरी खेलेको अर्सनल गएराति भएको चौथो खेलमा इन्टर मिलानसँग पराजित भएको हो।

सानसिरिमा भएको खेलको पहिलो हाफमा पाएको विवादास्पद पेनाल्टीलाई उपयोग गर्दै इन्टर मिलानले आर्सनललाई १-० ले हराएको हो। पहिलो हाफ सकिन केही सेकेन्ड बाँकी रहँदा मिकेल मेरिनोको ह्यान्ड भएपछि इन्टरले पेनाल्टी पाएको थियो। पेनाल्टीको अवसरलाई हाकन कान हागाउग्लुले निर्णायक गोलमा परिणत गरेका हुन्।

आर्सनलले यस सिजनमा युरोपेली प्रतियोगितामा खाएको यो नै पहिलो गोल हो। पहिलो खेलमा एटलान्टासँग गोलरहित बराबरी खेलको आर्सनलले दोस्रो खेलमा २-० र तेस्रो खेलमा १-० को जित निकालेको थियो। चार खेलमा दुई जित, एक हार र एक बराबरी खेलेको आर्सनलले सात अंक जोडेको छ।

गएराति नै भएको अर्को खेलमा साख्तर डोन्सटकले यङ ब्वाइजलाई २-१ले हराउँदा रेडबुल साल ब्रजले फियुनार्डलाई ३-१ ले पराजित गरेको छ। ब्रेस्टले स्पार्टा प्रागलाई २-१ पराजित गर्दा एटलान्टाले स्टुगार्डलाई २-० ले हराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?