३१ भाद्र २०८१, सोमबार

ताजा खबर

तीज मनाउने भिन्न तरिका दरसँगै सचेतनामुलक कार्यम्रम सम्पन्न

नागरिक पोष्ट

बुधबार, १९ भाद्र २०८१

698 views

698 views

तीज मनाउने भिन्न तरिका दरसँगै सचेतनामुलक कार्यम्रम सम्पन्न

काठमाण्डौँ । स्वतन्त्र पत्रकार संघकाठमाण्डौँ शाखाले सचेतनामुलक कार्यक्रम गर्दै तिज कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गरेको छ । तिज नजिकिएसगै शुभकामना आदनप्रदान तथा दर खाने कार्यक्रम चलिरहेका बेला  संघले गोंगबु अवस्थित फ्रेस फुड बाईटमा कार्यक्रम गरेको हो । अहिले भैरहेको तिज विकृतिको चिरफार गर्दै तिजको रमझम मात्र नभई रक्तअल्पता सम्बन्धि सचेतनामुलक कार्यक्रम समेट संस्थाले गरेको थियो । 


तीजको समयमा जति पनि यस्ता कार्यक्रम भैरहेका छन् मात्र मनोरञ्जनको लागि भैरहेका देखिन्छ्न। तीज पर्व धार्मीक संस्कृती जर्गेना गर्नको लागी महत्वपुर्ण रहेसँगै यस भित्र भएका विकृतीलाई हटाउन पनि यस्ता सचेतनामुलक कार्यक्रमको आयोजना गरेको आयोजक टिम बताउँछन् । 

स्वतन्त्र पत्रकार संघ काठमाण्डौँ शाखाले आयोजना गरेको तिज विशेष कार्यक्रममा रक्तअल्पता सम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि सचालन गरीएको थियो । तीज आउनु एक महिना अघीबाट यस्ता कार्यक्रमको वृकृती चल्ने भनेर चर्चा चलिरहदा संघले भिन्न किसिमले कार्यक्रमको आयोजनो गरेकोले यो कार्य अतिनै समय समय सापेक्ष रहेको देखियो ।  


अन्य तीजका कार्यक्रममा दर खाने ,गाउने र नाच्ने मात्र हुन्थे। तर यहाँ भने ती सबै त भए तर  रमाइलो सँगै देशको नागरिकहरुको  चिन्ता गरेको पाइयो। अझ बढी मात्रामा तीज महिलाहरुको विशेष भएको हुदा रक्ततअल्पता अर्थात रगतको कमी के कारणले हुन्छ,रक्तअल्पता के हो जस्ता विषय बस्तुहरुको जानकारी आस्रिका मेडिकलका सञ्चालक तथा वरिष्ठ रगत रोग विशेषज्ञ डा. अजय झाले प्रदान गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेस केन्द्रीय सदस्य युवा समाजसेवी नयन सिंह महराले गमलामा पानी हालेर कार्यक्रमको सम्उद्घाटन गरेका थिए । उनले कार्यक्रममा बोल्दै तीज सस्कृतको महत्वको बारेमा उल्लेख गर्दै मौलिक सस्कृतिमाथीको आक्रमणबाट जोगाउनु पर्ने कुरा सबैमा अपिल गरेका थिए। त्यती मात्र नभएर यस कार्यक्रममा रक्तअल्पता जस्तो जटिल रोगको विषयमा जानकारीमुलक सन्देश प्रवाह गरेकोमा आयोजक टिमलाई धन्यवाद समेट प्रकट गरेका थिए । यो कार्यक्रम तीजको अन्य कार्यक्रम भन्दा फरक भएको समेट उनले बताए । 

त्यसैगरी नेकपा एमाले नेता गण्डकी प्रदेश सभाका माननीय सांसद रामबहादुर गुरुगं ले तीज पर्व र यसको महत्व जोगाउन गर्नुपर्ने कामहरुको बिषयमा महत्त्वपूर्ण बिचार व्यक्त गरेका थिए। त्यति मात्र होईन उनले महिलाहरु नेतृत्वदायि क्षेत्रमा रहेका छन् यसरी महिलाहरुले महिलाहरुको लागी कार्यक्रम राखेर आफ्नो ज्यानको लागि सचेतना समेट प्रदान गरेकोमा खुशी व्यक्त गरे । 

कार्यक्रममा वरिष्ठ पत्रकार तथा समाजसेवी श्री राम पुडासैनीले सूचना प्रविधि क्षेत्रमा प्रिन्ट, अनलाइन, बिद्युतीय सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरुको संस्था स्वतन्त्र पत्रकार संघ नेपालले यस्तो किसिमको कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै अब पत्रकारहरुले अरुको सुचनामात्र सम्प्रेसन गर्नै होईन आफै पनि यस्ता जनचेतनामुलक कार्यमा लाग्नुपर्नै बताउदै यस संस्थाले गरेकोे कार्यक्रम उदाहरणीय रहेको बताउनु भयो । 

स्वतन्त्र पत्रकार संघ काठमाण्डौँ जिल्ला अध्यक्ष पुष्कर राज पाण्डेले कार्यक्रमलाई समापन गर्दे सम्पुर्ण मान्यजनको भनाईलाई सम्बोधन गरेका थिए । स् वतन्त्र पत्रकार संघ काठमाण्डौँ जिल्लाले विगतमा पनि यस्तै विभिन्न किसिमका कार्यहरु गर्दै आएको कुरा उदृत गर्दे आगामी दिनमा पनि सचार माध्यमको भुमिका निभाउँदै समाजमा भएका वृकृतीहरु ह्टाउन सचेतनामुलक कार्यलाई पनि सस्थाले संगै लाने बताए ।

कार्यक्रममा विशिष्ट अतिथिहरु नेपाल प्रहरि का पुर्व डि आई जी तथा क्यान महासंघको कार्यकारी सदस्य शिला कार्की, टोखा नगर पालिका वडा नं। ९ का वडा अध्यक्ष रामभक्त घिमिरे, तारकेश्वर नगर पालिका वडा नं। ५ का वडा अध्यक्ष सम्भु प्रसाद फुयाँल, कृर्षी विकास बैकका विभागिय प्रमुख गिरीधरी पौडेल, पुर्व प्रधानध्यापक तथा समाजसेवी केशव राज पाण्डे, पुर्व प्रधानध्यापक तथा समाजसेवी टेक नारायण सापकोटा,गायक तथा नायक सुधिर राज श्रेष्ठ,कृष्ण प्रसाद सापकोटा, स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय महासचिव महेशजगं कुवर, पत्रकार महासंघ का सदस्य तथा क्यान महासंघका कार्यकारी सदस्य रीना श्रेष्ठ, क्यान महासंघका कार्यकारी सदस्य दिव्यतारा शाक्य सभ्य र भव्यका साथ उपस्थीत भएका दिदीबहिनीहरु,विभिन्न संघस्थाका पदाधिकारीहरु,र पत्रकारहरुको उल्लेखनीए उपस्थीत रहेको थियो । 

 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?