२४ भाद्र २०८१, सोमबार

ताजा खबर

गरिमा विकास बैंक ‘वेस्ट बैंक इन एसेट क्वािलिटी’ अवार्डबाट सम्मानित

नागरिक पोष्ट

आईतवार, ९ भाद्र २०८१

902 views

902 views

गरिमा विकास बैंक ‘वेस्ट बैंक इन एसेट क्वािलिटी’ अवार्डबाट सम्मानित

काठमाडाैं, ९ भदौ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ अवार्ड (2nd Emerging Asia Banking Conclave and Award) कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘वेस्ट बैंक इन एसेट क्वािलिटी’ अवार्डबाट सम्मानित भएको छ ।

उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको छ ।

कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

सो अवसरमा आयोजित Driving Efficiencies Across the Value Chain विषयक प्यानल डिस्कसन कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय नेपाल डेभलपमेन्ट बैंकर्स एशोसिएसनको समेत प्रतिनिधित्व गरी वक्ताको रुपमा सहभागी हुनुहुन्थ्यो ।

सो कार्यक्रममा उहाँले नेपालको बैंकिङ्ग परिदृष्य, बैंकिङ्गमा प्रविधिको प्रयोग र आगामी चूनौतीको सम्बन्धमा आफ्नो धारणा समेत प्रस्तुत गर्नुभएको थियो । उक्त प्यानल डिस्कसन कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  माधव प्रसाद उपाध्यायसंगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजिव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एशिया व्यवसाय प्रमुख सुनिल पण्डिता मुख्य वक्ताको रुपमा रहनु भई वक्ताहरुले आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

सो कन्क्लेभमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक समेत वक्ताको रुपमा सहभागी रहनु भएको थियो ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?