७ कार्तिक २०८१, बुधबार

ताजा खबर

रामेछापको टोकरपुरमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

नागरिक पोष्ट

आईतवार, ९ भाद्र २०८१

2245 views

2245 views

रामेछापको टोकरपुरमा पहिरोले घर बगाउँदा २ जनाको मृत्यु, ८ जना बेपत्ता

काठमाडौं  । रामेछापमा अविरल वर्षापछिको पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ । घटनामा ८ जना बेपत्ता भएका छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेखखर्कमा गएराति पहिरोले चारवटा घर बगाएको थियो ।


पहिरोले स्थानीय उर्मिला पहरी, काले पहरी, भीमबहादुर थापा मगर र अर्को एक घर बगाएको बताइएको छ ।

पहिरोमा पुरिएका मध्ये २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए । प्रहरीले शव फेला परेकाहरुको पहिचान हुन बाँकी रहेको जनाएको छ ।


पहिरोमा ज्यान गुमाउनेमा भीमबहादुर थापाकी छोरी चण्डिका थापा मगर र करिब एक वर्षको नाबालक छोरा रहेको बताइएको छ । एक बालकले भने भागेर ज्यान जोगाएका छन् ।

दोरम्बा शैलुङकाे वडा नम्बर २ र ३ को सीमा क्षेत्रमा पर्ने अधेरी खोलाको पक्की पुल समेत बगाएको छ । पहिरो गएको गाउँ जाने बाटोसमेत क्षतिग्रस्त भएकाले उद्धारमा समस्या भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?