७ कार्तिक २०८१, बुधबार

ताजा खबर

क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु

नागरिक पोष्ट

शनिबार, ८ भाद्र २०८१

2109 views

2109 views

क्रसरले खनेको खाल्डोमा डुबेर एक किशोरको मृत्यु

सर्लाही । ईश्वरपुर नगरपालिका–५ सखुवनीमा क्रसरले खनेको खाल्डोमा डुबेका किशोरको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले निकालेको छ ।

आज दिउँसो फुटबल खेल्न साथीसँगै आएका सोही नगरपालिका–४ सागरनाथका १७ वर्षीय निशान थापामगरको नुहाउने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको थियो ।


नुहाउन भनेर फूलजोर खोला नजिकै नदीजन्य पदार्थ उत्खनन गर्न क्रसरले खनेको खाल्डोमा पसेका मगरको डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

खाल्डो गहिरो भएकाले शव निकाल्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली बोलाइएको थियो । सशस्त्र प्रहरी बल नेपालको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीबाट आएको गोताखोर टोलीले शव निकालेको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।


गोताखोर टोलीले ३० मिटरभन्दा धेरै गहिरो खाल्डोबाट शव निकालेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?