३१ भाद्र २०८१, सोमबार

ताजा खबर

एक्शन फिल्मका लागि शाहिद र बिशाल फेरी एकसाथ

नागरिक पोष्ट

बुधबार, ५ भाद्र २०८१

1701 views

1701 views

एक्शन फिल्मका लागि शाहिद र बिशाल फेरी एकसाथ

काठमाडौँ । बलिवुड अभिनेता शाहिद कपूर र निर्माता निर्देशक विशाल भारद्वाजले सन् २००९ मा ‘कमिने’ र २०१४ मा ‘हैदर’ मा ठूलो पर्दामा सँगै काम गरेका थिए । दुवै चलचित्रले बक्स अफिसमा समेत शानदार कमाई गरेका थिए । अब फेरी निर्माता साजिद नाडियाडवालाले शाहिद र विशाललाई एक्शन-प्याक थ्रिलरको लागि एक साथ ल्याएका छन् ।

 

मिडिया रिपोर्टका अनुसार विशालको यो करियरको पहिलो एक्सन फिल्म हुनेछ । रिपोर्टका अनुसार साजिद नाडियाडवाला, शाहिद कपूर र विशाल भारद्वाजले एक एक्शन थ्रिलरको लागि हात मिलाएका छन् । यो मिशनमा आधारित एक्शन थ्रिलर फिल्म हुने बताइएको छ भने निर्माता नाडियाडवालाले यसलाई सबैभन्दा ठूलो तरिकामा प्रस्तुत गर्न लागेका छन् ।

रिपोर्टका अनुसार साजिद र विशालले यो भूमिकाका लागि शाहिद कपूर सबैभन्दा उपयुक्त रहेको विश्वास गरेका छन् । यति मात्र होइन, यो शीर्षकविहीन फिचर फिल्मका लागि ६ एक्शन सेट निर्माण गर्ने योजना पनि बनाइएको बताइएको छ । रिपोर्टका अनुसार शाहिद यस एक्शन थ्रिलरको कथाबाट प्रभावित भएर तुरुन्तै यो फिल्म गर्न राजी भएका थिए । फिल्मको छायांकन भारत र अमेरिकामा हुने बताइएको छ ।

अहिलेसम्म बनेका सबै चलचित्र भन्दा फरक ढंगले प्रस्तुत हुने यो चलचित्र आजका दर्शकका लागि बन्ने बताइएको छ । निर्माताहरूले ए-लिस्टर नायिकालाई मुख्य अभिनेत्रीको रूपमा कास्ट गर्न खोजिरहेका छन् । प्रि-प्रोडक्सनको काम सुरु भइसकेको छ र यो चलचित्र सन् २०२५ मा ठूलो पर्दामा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?