६ कार्तिक २०८१, मंगलवार

ताजा खबर

साफ यु–२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका भिड्ने

नागरिक पोष्ट

मंगलवार, ४ भाद्र २०८१

2024 views

2024 views

साफ यु–२० च्याम्पियनसिप : आज बंगलादेश र श्रीलंका भिड्ने

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज समूह ‘ए’ का बंगलादेश र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो ३ बजे सुरु हुनेछ ।


जारी च्याम्पियनसिपमा बंगलादेशले पहिलो खेल खेल्न लागेको हो भने श्रीलंकाले दोस्रो खेल खेल्दैछ । श्रीलंका पहिलो खेलमा नेपालसँग १–० गोलले पराजित भएको थियो ।

आजको खेलमा श्रीलंका जित्नै पर्ने दबाबमा छ । आज पराजित भएको खण्डमा श्रीलंका समूहचरणबाटै बाहिरिनेछ ।


श्रीलंका पराजित हुँदा वा बराबरीमा मात्रै सिमित रहँदा पनि नेपाल भने एक खेल अगावै सेमिफाइलनमा प्रवेश गर्नेछ ।

समूहमा नेपालको तीन अंक छ । नेपालले समूहको दोस्रो खेल बिहीवार बङ्गलादेशसँग खेल्नेछ ।

च्याम्पियनसिपमा ६ टोली सहभागी छन् । जसमा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । दक्षिण एसियाली टोलीको प्रतिस्पर्धामा पाकिस्तान भने सहभागी छैन ।

सोमबार भएको समूह ‘बी’ को खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?