३१ भाद्र २०८१, सोमबार

ताजा खबर

पशुपतिनाथ परिसरमा जनैपूर्णिको चहलपहल

नागरिक पोष्ट

सोमबार, ३ भाद्र २०८१

1531 views

1531 views

पशुपतिनाथ परिसरमा जनैपूर्णिको चहलपहल

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा ९ऋषि तर्पणी० पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्ने गर्दछन् ।


पर्वका अवसरमा पशुपतिनाथमा रक्षाबन्धन तथा यज्ञोपवित धारण गर्न जानेहरुको भीड लागेको छ ।

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्दछन् ।


गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?