७ कार्तिक २०८१, बुधबार

ताजा खबर

साफ यु–२० च्याम्पियनसिप आजदेखि, उद्‌घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

नागरिक पोष्ट

आईतवार, २ भाद्र २०८१

3350 views

3350 views

साफ यु–२० च्याम्पियनसिप आजदेखि, उद्‌घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

काठमाडौं । साफ यु–२० च्याम्पियनसिप आज सुरु हुँदैछ । च्याम्पियनसिप अन्तर्गत समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले  जनाएको छ ।

प्रतियोगिताको उद्‌घाटन खेलमा आज श्रीलंका र नेपालबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।


यही भदौ १२ गतेसम्म चल्ने साफ यु–२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिँदै छन् ।

समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?