७ कार्तिक २०८१, बुधबार

ताजा खबर

साफ यू-२० च्याम्पियनसिप आइतबारदेखि काठमाडौंमा

नागरिक पोष्ट

शनिबार, १ भाद्र २०८१

2483 views

2483 views

साफ यू-२० च्याम्पियनसिप आइतबारदेखि काठमाडौंमा

काठमाडौं । साफ यू २० च्याम्पियनसिप आइतबारबाट काठमाडौंमा सुरु हुँदै छ ।

एन्फाले दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार आइतबारबाट सुरु हुने च्याम्पियनसिप भाद्र १२ सम्म चल्नेछ । साफ यू २० च्याम्पियनसिपमा नेपालका साथै बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान सहभागी छन् ।


च्याम्पियनसिपमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै नतिजा पनि आफ्नो पक्षमा पार्ने जनाएको छ । च्याम्पियनसिप अघि शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय टोलीका कप्तान कुशल देउवाले प्रशिक्षण राम्रो भएको र मैत्रीपूर्ण खेलहरूमा पनि राम्रो नतिजा आएकाले उच्च मनोबलका साथ मैदान उत्रने बताए । साफ यू २० च्याम्पियनसिपको दबाबलाई सामना गर्न आफूहरू तयार रहेको उनले बताए ।

त्यस्तै नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले नेपाली टोलीले राम्रो खेल देखाउने बताए । उनले दशरथ रङ्गशालामा खेल हुन सकेको भए दर्शकको सङ्ख्या धेरै हुने र थप मनोबल उच्च हुने भएपनि एन्फा कम्प्लेक्समा पनि दर्शकको कमी नहुने विश्वास व्यक्त गरे ।


नेपालले उद्‌घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र श्रीलङ्का रहेको समूह ‘ए’ मा बङ्गलादेश पनि छ । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भुटान छन् । खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने एन्फाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?