७ कार्तिक २०८१, बुधबार

ताजा खबर

धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड (तस्बिरहरू)

नागरिक पोष्ट

शनिबार, १ भाद्र २०८१

2891 views

2891 views

धार्मिक आस्थाको केन्द्र गोसाइँकुण्ड (तस्बिरहरू)

रसुवा  । पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवाको गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन लाग्ने मेलाका लागि भक्तजन पुग्ने क्रम जारी रहेको छ ।

गोसाइँकुण्डमा विशेषगरी दशहरा र जनैपूर्णिमाका गरी वर्षमा दुई पटक मेला लाग्ने गर्दछ । यस वर्षको जनैपूर्णिमा आगामी सोमबार परेको छ ।


संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँबाट श्रद्धालुहरू गोसाइँकुण्ड पुग्ने गर्दछन् । त्यसकारण अन्य दिनहरूको तुलनामा भन्दा जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्ने, भगवान शिवको पूजाआराधना गर्ने श्रद्धालुहरूको बाक्लो उपस्थिति रहने गर्दछ ।


गोसाइँकुण्डका वरिपरि अन्य १०८ वटा कुण्ड रहेका छन् । जसमा भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्य कुण्डलगायत छन् ।

यहाँको प्राकृतिक बनावट र कुण्डहरूले गोसाइँकुण्डको गन्तव्यलाई निकै आकर्षक बनाउने गर्दछ, साथमा यात्राका क्रममा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्ने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?