बुधबार, ३० श्रावण २०८१
4625 views
4625 views
काठमाडाैं, ३० साउन । नेपाली बजारमा बुधबार सुनकाे मूल्य उच्च बिन्दुबाट घटेकाे छ । मंगलबार प्रतितोला २ हजार १०० रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज प्रतितोला ३०० रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।्र
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य मंगलबार प्रतितोला १ हजार ७ सय ४० रुपैयाँ थियाे ।