७ कार्तिक २०८१, बुधबार

ताजा खबर

सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरमा ८ प्रतिशत छुट

नागरिक पोष्ट

बुधबार, ३० श्रावण २०८१

2449 views

2449 views

सानिमा बैंकका ग्राहकलाई बुद्ध एयरमा ८ प्रतिशत छुट

काठमाडाैं । सानिमा बैंक लिमिटेड र बुद्ध एयरबीच ग्राहकलाई छुट दिने सम्झौता भएको छ।सम्झौतापछि बैंकको भिसा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा बुद्ध एयरको टिकटमा ८ प्रतिशतको छुट पाउन सक्नेछन्।

डिजिटल बैंकिङ माध्यम प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बुद्ध एयरसँग सम्झौता गरिएको बैंकले बताएको छ। छुटका लागि ग्राहकले बुद्ध एयरको कार्यालय वा एयरपोर्ट काउन्टरबाट भुक्तानी गर्नुपर्नेछ।

बैंकले ग्राहकलाई विभिन्न छुट तथा अफर सार्वजनिक गरी डिजिटल भुक्तानी प्रयोग प्रोत्साहन गरिँदै आएको जनाएको छ।

बैंकले हाल १३३ शाखा तथा १२४ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?