७ कार्तिक २०८१, बुधबार

ताजा खबर

पिउने पानीमा किरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख जरिवाना

नागरिक पोष्ट

सोमबार, २८ श्रावण २०८१

1922 views

1922 views

पिउने पानीमा किरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख जरिवाना

काठमाडौं  । पिउने पानीमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची फास्टफुडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

किम्चीको हलमा महानगरले दुई दिने ‘विवाद व्यवस्थापनः वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रमको आयोजनागरेको थियो ।


उक्त कार्यक्रममा महानगरपालिका ११ की वडासदस्य यशोमती परियारले सिल गरेको पिउने पानीको बोत्तलमा किरा भेटेपछि उपप्रमुख सुनिता सुनिता डंगोललाई जानकारी दिएकी थिइन् ।


कार्यक्रममा उपस्थित डंगोलले तत्काल कार्यक्रम स्थगित गरी दूषित पानी बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन दिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको हो । उपप्रमुख डंगोल अनुगमन समितिकी संयोजकसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?