७ कार्तिक २०८१, बुधबार

ताजा खबर

हिमालयन बैंकका जावलाखेल शाखा सुनाकोठी र जनकपुर शाखा पिडारी चोकमा स्थानान्तरण

नागरिक पोष्ट

सोमबार, २८ श्रावण २०८१

2024 views

2024 views

हिमालयन बैंकका जावलाखेल शाखा सुनाकोठी र जनकपुर शाखा पिडारी चोकमा स्थानान्तरण

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले ललितपुरको जाउलाखेल शाखा र धनुषाको भानु चोकस्थित जनकपुर शाखा – २ लाई स्थानान्तरण गरी साउन २७ गते आइतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको छ ।

जाउलाखेल शाखालाई साविकको स्थानबाट ललितपुर महानगरपालिका २७ को सुनाकोठीमा स्थानान्तरण गरिएको छ भने जनकपुर शाखा – २ लाई धनुषाको जनकपुरधामस्थित पिडारी चोकमा स्थानान्तरण गरिएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले सुनाकोठी शाखाको शुभारम्भ गरेका हसन् भने बैंकका मधेश प्रदेश शाखा प्रमुख सागर कुमार रेग्मीले पिडारी चोक शाखाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थति थियो ।

हाल बैंकले नेपालभर फैलिएका १ सय ७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २ सय ७२ एटीएम,६ हजार ५ सयभन्दा बढी पीओसी टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?